सुरक्षित भविष्यलाई मध्यनजर गर्दै प्लाटोनिकले गर्यो करियर टक - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » सुरक्षित भविष्यलाई मध्यनजर गर्दै प्लाटोनिकले गर्यो करियर टक

सुरक्षित भविष्यलाई मध्यनजर गर्दै प्लाटोनिकले गर्यो करियर टक

साउन–२०७५ । सुरक्षित भविष्यका लागि युथले चाल्नुपर्ने कदमलाइ मध्यनजर गर्दै शिक्षा प्रदायक संस्था प्लाटोनिक इजुकेशन सर्भिसले सोमवार राजधानीमा करियर टक बिषायक गोष्ठीको आयोजना गरेको  छ । 


प्लस टु सकेका बिद्याथीलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा करियरसंग सम्बन्धित रहेर बैंक तथा बित्तिय संस्था, पर्यटन, आइटीका साथै प्रेरणात्मक तथा आत्मबिश्वासलाइ कसरी मझबुत बनाउदै अघि बढ्ने भन्ने बिषयमा बक्ताहरुले आफ्नो भनाइ राखेका थिए । 

कार्यक्रममा मेघा बैंककी सिइओ अनुपमा खुन्जेलीले भविष्यलाई सुरक्षित पार्नको निम्ति अहिलेदेखी नै बचतको अबधारणालाई आत्मसाथ गदै अघि बढ्नुपर्ने बताउनुभयो । आफ्नो सफलताको उदाहरण दिदै उहाले सफलताका लागि अहिलेदेखीनै प्रसस्त तयारी हुनुपर्ने धारणा राख्नुभयो । यस्तै नेपाल टुरिजम बोर्डका निर्देशक दिपक महतले टुरिजममा भविष्य खोज्न चाहने युथका लागि प्रसस्त अवसर रहेको बताउनुभयो । 

आम्दानीलाइ बहिर्गमन बाट रोक्ने एकमात्र क्षेत्र पर्यटन भएकाले यो पुस्ताले यसलाइ प्राथमिकतामा राखेर अघि बढे आफ्नो संगै समग्र राष्ट्रको नै हित हुने उहाको भनाइ थियो । कार्यक्रममा सञ्चारकर्र्मी तथा हास्य कलाकार सन्दिप क्षेत्रीले निकै रोचक तवरबाट आफ्नो जीवन भोगाइलार्ई प्रस्तुत गर्दै जीवनमा कहिल्यै हरेस नखाइ अघि बढ्न सके एकदिन सफलता अवस्थ हात पर्र्ने बताउनुभयो ।

 राजधानीका बिभिन्न कलेजका साथै संघसस्थाको सहभागीतामा आयोजित कार्र्यक्रममा प्लाटोनिक इजुकेशनका सिइयो अजय महतले असफलताबाट पाठ सिक्दै सफलताको मार्र्गलाइ पछ्याएर अघि बढनुपने धारणा राख्नुभएको थियो । कार्यक्रममा प्लस टु सकेका झण्डै ३ सय बिद्यार्थीहरु सहभागी थिए ।
Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved