के हो ख्रिष्टमस ? - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » के हो ख्रिष्टमस ?

के हो ख्रिष्टमस ?

पुस, सन्तोष गजमेर (भाञ्जा),झापा । शुक्रबार डिसेम्बर २५ अर्थात ख्रिष्टियन धर्मावलम्बीहरुको महान पर्ब ख्रिष्टमस । ख्रिष्टमसको तयारीमा सम्पुर्ण ख्रिष्टियन धर्मावलम्बीहरु जोडतोडकै साथ लागिरहेका छन् । तर समयको परिवर्तन संगै ख्रिष्टमस मनाउने प्रचलनमा पनि पछिल्लो समय धेरै फरक आएको पाईन्छ । 


सामान्य अर्थमा ख्रिष्टियन धर्मावलम्बीहरुको धर्मशास्त्र पवित्र बाईबलका अनुसार ख्रिष्टमस भनेको येशु ख्रिष्टको जन्मोउत्सब हो । एसिया महादेशको इजरायलमा आजभन्दा २०१५ बर्षअघि येशु ख्रिष्टको जन्म भएको बाईबलमा उल्लेख छ । त्यसपछि डिसेम्बर २५ मा ख्रिष्टियन धर्मावलम्बीहरुले येशु ख्रिष्टको जन्मोउत्सबका रुपमा मनाउने गर्छन । 

येशु संसारमा आएर मारिएपछि पुनः ३ दिनमा बौरी उठेर स्वर्ग गएको र उहा जिवित रहेको बाईबलले स्पष्ट पारेको छ । यो पर्ब अर्थात बिशेष दिनमा ख्रिष्टियनहरुले येशु ख्रिष्टको जन्मोउत्सबको खुसीयाली मनाउदै ख्रिष्टको सन्देश अरुलाई सुनाउने गर्दछन् । यसअवसरमा ख्रिष्टियनहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्ने र उपहार साटासाट गर्ने गर्छन । 

येशु ख्रिष्ट ख्रिष्टियनहरुको प्रभु नभएकोले ख्रिष्टमस सम्पुर्ण बिश्वका मानिसहरुको साझा पर्ब भएको ख्रिष्टियन अगुवाहरु बताउछन् । 

तर पछिल्लो समय यो पर्बमा पनि नकारात्मक कुराहरु देखिन थालेका छन् । यसअवसरमा नया कपडा लाउनै पर्ने, धेरै परिकार बनाएर खानुपर्ने भन्ने गलत धारणा रहेको कहिकतै पाईने गरेको छ । र यि कुराहरुमा प्रतिष्प्रर्धा नै पनि हुने गरेको छ । तर, अग्रजहरु भने यि कुराहरु गलत भएको बताउछन् ।

ख्रिष्टमसका अवसरमा करिब १ महिना अघि देखी नै बिश्वभर कार्यक्रमहरुको आयोजना गरिन्छ ।  यस अवसरमा येशु ख्रिष्टको जन्मोउत्सबको खुसीयालीमा बिभिन्न चोक तथा बजारहरुमा भेला भएर सामुहिक रुपमा द्धिप प्रज्वलन गर्ने प्रचलन पनि रहेको छ ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved