“अगुल्टाले हानेको कुकुर बिजुली चमकदा तर्सिन्छ” जस्तै मधुमल्लाबसी ! - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » “अगुल्टाले हानेको कुकुर बिजुली चमकदा तर्सिन्छ” जस्तै मधुमल्लाबसी !

“अगुल्टाले हानेको कुकुर बिजुली चमकदा तर्सिन्छ” जस्तै मधुमल्लाबसी !

असार २०, मधुमल्ला, सन्तोष गजमेर(भाञ्जा) । “अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ” भनेजस्तै मोरङ मधुमल्लाका बासिन्दा अहिले पानी पर्नसाथ पिरोलिन थालेका छन् ।
गत मंगलबार राति पानीको सतह बढेपछि बक्राहा खोला बाध भत्काएर गाउ पसेपछि मधुमल्लाका बासिन्दाको उठीबास गरायो । जुन घट्ना मधुमल्लाबासीले अहिले सम्झन पनि सक्दैनन् । “हामीले यस्तो बिपद कहिल्यै देखेका थिएनौ भुकम्पले ठुलो क्षती गर्यो तर त्यो टिभिमा मात्र देख्यौ, आज आफु स्वंमले बाढीको बिपदको सामना गर्नुपर्यो जुन अहिले सम्झिदा पनि आङ्ग जिरिङ्ग भएर आउछ” स्थानिय सिता मगरले भनिन् । 


बाढीका कारण एक बालकको ज्यान गयो अनि धेरैघरपरिवार बिस्थापित भए । धेरै खेतीयोग्य जमिन बालुवामा परीणत भयो । बाढीपिडितहरु अहिले कति आफन्तका मा शरण लिइरहेका छन् त कति नजिकैको बिद्यालयमा ओत लागिरहेका छन । तर यतीका बिपद आइपर्दापनि राज्यले भने खासै चासो नदिएको उनीहरुको बुझाई छ । रेडक्रस र प्लान नेपाल लगायतका सामाजिक संस्थाले केही राहात सामग्री बितरण गरेपनि राज्यको तर्फबाट भने कुनैपनि राहात नपाएको स्थानिय बताउछन् ।

कि त खोलालाई ब्यवस्थित तबरले बाध बाध्नु पर्ने, नभए सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग छ । हाल सो क्षेत्रमा बाध बाध्ने कार्य भने चलिरहको छ । 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved