‘बाजीगर’ मा एक्सन अवतारमा देखिए जीवन लुईटेल - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » ‘बाजीगर’ मा एक्सन अवतारमा देखिए जीवन लुईटेल

‘बाजीगर’ मा एक्सन अवतारमा देखिए जीवन लुईटेल

चैत १४, काठमाडौं । नायक जीवन लुइटेल अभिनित नया चलचित्र ‘बाजीगर’ को ट्रेलर सार्बजनिक गरिएको छ । लामो समयसम्म अमेरिका बस्दै आएका जीवन अभिनित एक्सन प्रधान चलचित्र  ‘बाजीगर’ को आइतवार ट्रेलर सार्वजनिक गरिएको हो ।  ‘बाजीगर’ आगामी बर्षको बैशाख १७ मा लाग्दैछ । 

रंजित रानाको निर्देशनमा तयार भएको चलचित्र चलचित्रमा जीवन संगै अनु शाह, संजोग कोइराला, निश्मा घिमिरे, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन, मदन काश्यप घिमिरेको छायांकन, बनिष शाहको सम्पादन, कृष्ण अनमोलको लेखन छ । चलचित्रलाई शेखर कोइरालाले प्रस्तुती गरेका हुन् भने जयप्रकाश ठाकुर, केयुष श्रेष्ठ र दिनेश पोखरेल निर्माता हुन् ।

चलचित्रलाई पूर्ण रुपमा व्यवसायिक बनाइएको छ । बलिउड नायक साहरुख खानको चलचित्र ‘बाजीगर’ खुबै चर्चित भएकाले पनि दर्शकलाई त्यतैबाट प्रभावित त होइन भन्ने लाग्न सक्छ । तर, चलचित्रको नाम मिलेपनि कथावस्तुलाई भने फरक ढंगले प्रस्तुत गरिएको निर्देशक रानाको भनाई छ ।


Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved