दमक देशकै नमुना सहरका रुपमा बिकाश हुन्छ – केपी ओली - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » दमक देशकै नमुना सहरका रुपमा बिकाश हुन्छ – केपी ओली

दमक देशकै नमुना सहरका रुपमा बिकाश हुन्छ – केपी ओली

असार २१, दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरलाई देश कै व्यवस्थित र आकर्षक नगरका रुपमा विकास गर्ने बताउनु भएको छ ।

आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले ग्रिन सीटीको अवधारण अनुरुप औद्योगिक र पर्यटकिय नगरका रुपमा विकास गर्ने बताउनु भएको हो । पछिल्लो समय प्राविधिक शिक्षाको अभाब खड्किएको अवस्थामा झापाको कुनैपनि ठाउमा प्राविधिक शिक्षालाई जोड दिइने उहाले बताउनुभयो ।

यस्तै स्वास्थ्यको क्षेत्रमा आम्दा अस्पतालको विस्तार, युवालाई आकर्षित गर्ने खेलकुद क्षेत्रको विकासका लागि स्तरिय रङशालाको निर्माण कार्य अघि बढेको जानकारी दिनुभयो । उहा“ले राजनीति भन्दा पनि विकास निर्माणका गतिविधिलाई प्रमुखता दिन सबैमा आग्रहसमेत गर्नुभयो ।

राष्ट्रिय राजनीतिको प्रसंगमा अध्यक्ष ओलीले आगामी साउन १५ सम्ममा नया संविधान आउने दोहोर्याउनुभयो । जुनसुकै अवस्थामा पनि केही दिन भित्रै संविधानको प्रारम्भिक मस्यौदा पास हुने भन्दै ओलीले जनताको प्रतिक्रियाका लागि आगामी बजेट घोषणासगै जनता माझ जाने समेत बताउनु भयो । 
अध्यक्ष ओलीले केही असतुष्ट पक्षले संविधान च्यात्ने चेतावनी दिएका भएपनि त्यो संविधान नभइ कागज मात्र च्यातिएको हुने बताउनुभयो । लामो समयदेखि जनताको अधिकार संस्थागत हुन नसकेको बताउदै उहाले अब नया संविधान जारी भएस“गै जनताको अधिकार पनि संस्थागत हुने उल्लेख गर्नुभयो ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved