४ तला माथि पुगेर मन्त्री सुब्बाले भने–सेवाग्राहीलाई नौलो आभास दिनुपर्छ - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » ४ तला माथि पुगेर मन्त्री सुब्बाले भने–सेवाग्राहीलाई नौलो आभास दिनुपर्छ

४ तला माथि पुगेर मन्त्री सुब्बाले भने–सेवाग्राहीलाई नौलो आभास दिनुपर्छ

पुस, दमक । भुमी सुधार मन्त्री रामकुमार सुब्वाले सरकारी कार्यालयले सेवाग्राहीको असन्तुष्टीलाई समाधान गर्दै नया ढङ्गबाट कार्य गर्न निर्देशन दिनुभएको छ ।


बिहिबार दमकस्थित मालपोत कार्यालयको अवलोकन तथा निरिक्ष्ँण गर्ने क्रममा कार्यालयले सेवाग्राही जनताको असन्तुष्टीलाई समाधान गर्दै काममा नौलोपनको आभास दिनुपर्ने बताउनुभयो । 

मन्त्री सुब्बाले मालपोत र नापी क्ष्ँेत्र बिवादित भएपनि निष्पक्ष्ँ र पारदर्शी तवरबाट काम गर्न कार्यालयका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

सो क्रममा मालपोत कार्यालय दमकका प्रमुख डाक्टर बच्चुराम कार्कीले कार्य सम्पादनमा देखिएका असहजताका बारेमा मन्त्री सुब्बालाई जानकार गराउनुभयो ।

मन्त्री सुब्बाले निर्माणाधिन नापी कार्यालयको पनि मन्त्री सुब्बाले अवलोकन गर्नुभयो । सो समय ४ तला अग्लो २ वटा भवन उक्लिनुभएका मन्त्री सुब्बाले भवन निर्माणका लागी जग्गा उपलब्ध गराउने जग्गादाता संग सामुहिक तस्विर समेत खिचाउनुभयो ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved