बालुवारी बासीहरुलाई आधारभुत आवश्यकताकै समस्या - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » बालुवारी बासीहरुलाई आधारभुत आवश्यकताकै समस्या

बालुवारी बासीहरुलाई आधारभुत आवश्यकताकै समस्या

झापाली युवा सरोकार समाजद्धारा न्यानो कपडा बितरण 

पुस ११, झापा । आर्थिक अवस्था कमजोर भएका झापाको दक्षिणी गाबिस महाभाराको बालुवारी बस्तीमा झापाली युवा सरोकार समाजले कपडा बितरण गरेको छ । 

शनिवार समाजले बस्ती पुगेर ३० बालबालिका सहित करिब ७० जनालाई न्यानो कपडा बितरण गरेको हो । 

बिभिन्न ब्यवसायी र समाजका पदाधिकारीहरु मार्फत संकलित लत्ताकपडा सो सुकुम्बासी बस्तीमा बितरण गरिएको समाजका उपाध्यक्ष सुरज रिङगालुङ राईले बताए ।

सो क्रममा बृद्धबृद्धाहरुलाई आर्थिक सहयोग समेत गरिएको समाजका अध्यक्ष कबिराज राईले जानकारी दिए । बालुवारी बस्तीमा कोच, राजबंशी र गिरी समुदायका करिब २० घरपरिवारको बसोबास छ । 

जनमन गरेर जिविकोपार्जन गर्दै आएका सो बस्ती बासीहरुलाई गास,बास, कपास र स्वास्थ्य शिक्षा जस्ता मानिसका आधारभुत आवश्यकता पुर्तीका लागि समेत समस्या छ ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved