सर्मिला राईको आखामा गाजलमा एलिसा राईको नृत्य - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » सर्मिला राईको आखामा गाजलमा एलिसा राईको नृत्य

सर्मिला राईको आखामा गाजलमा एलिसा राईको नृत्य

२०७५–असोज, काठमाडौं । चर्चित मोडेल एलिसा राइ अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ । 

नव गायिका शर्मिला राइको स्वरमा रहेको आँखामा गाजल बोलको गीतमा एलिसालाइ आकाश राइले साथ दिएका छन । भिडियोमा एलिसा र आकाससंगै कोरष डान्सरलाई पनि भरपुर प्रयोग गरिएको छ । 

युवा गीतकार डी पी खनालको शब्द र  शंकर थापा स्माइलको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको रोमाञ्टिक लोकआधुनिक गीत मायाप्रेमको भाव बोल्छ ।

धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ। भिडियोमा गीतको मर्मअनुसारनै बिशेष गरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जनाए । 
Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved