सबैको प्रिय बन्दै पेमाको नेपालकी छोरी - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » सबैको प्रिय बन्दै पेमाको नेपालकी छोरी

सबैको प्रिय बन्दै पेमाको नेपालकी छोरी

चर्चित गीतकार एबम  गायिका पेमा लामाको नया गीत नेपालकी छोरी रिलिज भए संगै युट्युबबाट चर्चित बन्दै गैरहेको छ । करिब १ हप्ता पहिला सार्बजनिक उक्त गीतमा दर्शक श्रोताहरुले आत्यधिक मन पराएका छन ।

पेमाको आफ्नै शब्द र आशुसेन लामाको संगीत रहेको नेपालकी छोरी  फणिन्द्र राइको संगीत संयोजन रहेको छ। निकेश खड्काको निर्देशनमा बनेको नेपालकी छोरीको भिडियोमा मोडेल क्रिष्टिना थापाले  दमदार अभिनय गरेकी छिन।  

लामो समयदेखि बिदेशी भुमिमा रहेर पनि गायिका पेमा नेपाली गीत संगीत छेत्रमा अनबरत लागिरहेकी छिन ।
इजरायललाई  आफ्नो कर्मथलो बनाउदै आई रहनु भएकी पेमा कलाकारहरुको  गौरवमय संस्था अन्तरास्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी अध्यक्ष हुन् धेरै  सामाजिक कामको साथै  धेरै संघसंस्थामा बसेर अनुभव बटुली सक्नु भएकी  गायिका पेमाले  विभिन्न  सामाजिक कामहरुमा  निरन्तर सहयोग पुराउदै आएकी छिन् । 
छिटै नै बजारमा नया सांगीतक एल्बम ल्याउने तयारीमा रहेकी गायिका पेमाको यस अघिको एल्बमका गीतहरु सर्वाधिक मन पराइएका छन् ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved