बोलबोलको चर्चा नसेलाउदै गायिका सुनिता थेगिमको “हत्केलामा” - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » बोलबोलको चर्चा नसेलाउदै गायिका सुनिता थेगिमको “हत्केलामा”

बोलबोलको चर्चा नसेलाउदै गायिका सुनिता थेगिमको “हत्केलामा”

साउन–२०७५ । पछिल्लो समयकी चर्चीत गायिका सुनिता थेगिमको नया गीत “हत्केलामा अझैपनि” सार्वजनिक भएको छ । आफ्नो गीतमा आफै मोडलिङ गर्न रुचाउने सुनिताको डान्सिङ बिटसहितको मेलोडियस “हत्केलामा” पनि आफैनै फिचरिङमा छिन् । 


महेश ज्ञवालीको शब्द,संगीत रहेको मर्मस्पर्शी गीतको भिडियो पनि निकै स्तरिय बनेको छ । उसो त गिटारिष्ट सञ्जिब बराइलीको साथले पनि भिडियोलाई थप उचाइ दिएको छ । किरण श्रेष्ठको कोरियोग्राफी, रोजा लिम्बुको कन्सेप्टको भिडियोलाई दिपक बोमजनले क्यामेरामा कैद गरेका हुन् ।


लिम्बु भाषाको गीतसंगीत हुदै नेपाली गीतसंगीतमा पनि गर्विलो पहिचान बनाउदै आएकी सुनिता केहि समयअघि रिलिज भएको चलचित्र छिरिङको गीत “बोल बोल” का कारण पनि चर्चामा छिन् । 

केहि दिन अघिमात्रै गायक एकान्त आङ्देम्बेसंगको गायन सहकार्यमा सुनिताको “मुन्धुम ख्याली” बोलको गीत पनि सार्वजनिक भएको थियो । 
सन्तोष गजमेर भाञ्जा, काठमाडौं




Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved