प्रियंका कार्की अभिनित फास्ट–फास्ट रिलोडेड सार्बजनिक - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » प्रियंका कार्की अभिनित फास्ट–फास्ट रिलोडेड सार्बजनिक

प्रियंका कार्की अभिनित फास्ट–फास्ट रिलोडेड सार्बजनिक

असार–२०७५ । पुर्बेली लोक भाकाका चर्चित गायिका सुमि चाम्लिङको गीत फास्टफास्टलाइ पुन सार्बजनिक गरिएको छ। 

उक्त गीतलाई  सार्बजनिक भएको केहि समयपछि  केही प्राबिधिक कारणबस यूट्युबबाट हटाईएको  थियो छोटो समयमा जनमानसमा सर्बाधिक चर्चित हुन सफल गित “फास्ट–फास्ट” (कल्पना) गितको भाका थप परिमार्जनका साथ पुनः डश म्युजिक नेपालकै यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

गायिका सुमि चाम्लिङ राई र  गायक शंकर थापा ‘स्माईल’ र को स्वरमा भरिएको यो गितमा ब्यस्त यूवा गितकार डि.पी खनालको शब्द रचना रहेको छ भने प्रतिभासाली सँगितकार शंकर थापा स्माईलको सँगित र सर्बाधिक चर्चित सँगित सँयोजक उदयराज पौडेल को सँगित सँयोजन रहेको छ। 


अहिलेकी चर्चित नायिका तथा नेपालमा प्रसारित रियालेटी सो “बुगिवूगी”कि निर्णायक प्रियंका कार्की र भारतिय टेलिभिजन सो डिआईडी बाट आफुलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा उनको डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने भिडियोलाई सम्पादन बिकाश ज्ञवालीले गरेका छन्। सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गितको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रस्तुत गरिएको हो।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved