नव गायक सुजन ढकालको तिमी नै तिमी - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » नव गायक सुजन ढकालको तिमी नै तिमी

नव गायक सुजन ढकालको तिमी नै तिमी

असार–२०७५ । नव गायक सुजन ढकाल आपनो पहिलो गीत तिमी नै तिमी लिएर नेपाली सांगीतिक बजारमा आएका छन् उनले 

पहिलो एल्बम डेप्थमा समाबेश गीत तिमी नै तिमीको अडियो एबम भिडियोलाइ बुधबार डश म्युजिक नेपालको यूट्युब च्यानल मार्फत सार्बजनिक गरेका हुन् । 

गीतमा सुजनको नै शब्द,संगीत तथा मानषी किरणको एरेन्ज रहेको छ भने म्युजिक भिडियोमा नायिका बेनिशा हमाल र सुजन आफैले अभिनय गरेका छन् अखिल बास्तोलाको क्यामेरा बिकाश ज्ञवालीको सम्पादन रहेको भिडियोलाई सरोज रावलले निर्देशन गरेका हुन् ।

 स्थायी घर सुर्खेत भई हाल वानेश्वर निवासी गायक ढकाल फरक फरक शैलीका ५ वटा गीतहरु समाबिस्ट डेप्थ एल्बम छिट्टै बजारमा ल्याउने तयारीमा छन् ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved