आइडलकी सन्ध्याको स्वर र शंकरको संगीतमा ‘शुभकामना’ - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » आइडलकी सन्ध्याको स्वर र शंकरको संगीतमा ‘शुभकामना’

आइडलकी सन्ध्याको स्वर र शंकरको संगीतमा ‘शुभकामना’

पहिलो नेपाल आइडलको उत्कृष्ट नौ मा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ । 

गितकार कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापा ’’स्माईल’’ले संगीत भरेका छन् भने एरेन्ज उदयराज पौडेलले गरेका हुन् । 

गीतको भिडियोमा गायिका जोशी स्वयंले अभियन गरेकी छिन् । एकल अभिनयमा सन्ध्याले दर्शकलाई न्याय गरेको अनुभूति भिडियो हेर्दा हुन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन भने देवजंग थापाले गरेका हुन् । गितको अडियो भिडियोलाई डश म्युजिक प्रालीले प्रस्तुत गरेको हो।

सन्ध्याले अघिल्लो  हप्ता मात्र नयाँ गीत ‘मिर्मिरे’ सार्वजनिक गरेकी थिइन् । आइडल पछि उनको यसअघि दुई गीत सार्वजनिक गरिसकेकी छन्।
हेर्नुस् भिडियोः

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved