बिश्वकप अपडेटः समुह एफ, जी र एच ।। जर्मनीको सम्भावना कति ? (भिडियो सहित) - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » बिश्वकप अपडेटः समुह एफ, जी र एच ।। जर्मनीको सम्भावना कति ? (भिडियो सहित)

बिश्वकप अपडेटः समुह एफ, जी र एच ।। जर्मनीको सम्भावना कति ? (भिडियो सहित)

२७ जेठ– २०७५, सन्तोष गजमेर भाञ्जा । आज हामी वल्र्डकप अपडेटमा पछिल्ला तीन वटा ग्रुप (एफ, जी र एच) को चर्चा गर्दैछौ । सबैभन्दा पहिला ग्रुप एफको सन्दर्भ जोडौ । ग्रुप एफमा डिफेण्डिङ च्याम्पियन जर्मनीसंगै मेक्सिको, स्विडेन र साउथ कोरिया छन् । यो समुहमा जर्मनीलाई बलियो टिमका रुपमा हेरिएको छ । जर्मनी यो समुहको बिजेता हुदै अन्तिम १६ मा जान्छ भन्दा कसैलाई पनि आपत्ति नहोला । कप्तान म्याजुएल नुएर संगै मेसुट ओजिल, थोमस मुलर, टोनी क्रुस लगायतका स्टार खेलाडीसंगै अघिकांश युवा खेलाडी सम्मीलित जर्मनीलाई २०१८ को दावेदार मध्येको एक टिम मानिएको छ । 


यो समुहबाट अन्तिम १६ मा जाने अर्को एकटिम भने यसै भन्न सक्ने अवस्था छैन । यद्धपी मेक्सिकोको सम्भावना बढि छ । स्टार खेलाडी जाल्टन इभ्राहिमोबिच बिनानै रसिया भ्रमणमा निक्लिएको स्विडेन र एसियाली मुलुक दक्षिण कोरिया मेक्सिको भन्दा पछि नै रहने अनुमान गरिएको छ । 

बिश्वकप २०१८ को समुह जी मा बेल्जियम, पानामा, ट्युनिसिया र इंग्ल्याण्ड रहेका छन् । अघिल्लो सिजन क्वटारफाइनलबाटै घर फर्किएको बेल्जियमलाई यससिजन पनि त्यो भन्दा माथिको अपेक्षा गरिएको छैन । यद्धपी उसलाई यो समुहमा भने शिर्ष २ मा रहन त्यति कठिन छैन । उसका इडेन हजार्ड, रोमेलु लुकाकु, केभिन डि ब्रुयेन, मेरेउन फेलीनि लगायतका खेलाडी फर्ममा रहेकाले बेल्जियमलाई मझबुत टोलीकै रुपमा हेरिएको छ । उता इंग्ल्याण्डलाई पनि यो समुहबाट अन्तिम १६ को यात्रा तय गर्न कुनै असहज नहुने अनुमान गरिएको छ । उसो त अघिल्लो सिजन एउटा पनि खेल नजिति समुहको अन्तिम स्थानमा रहदै घर फर्किनु परेको तितो क्षण इंग्लीस टोलीले अझैपनि भुलेको छैन होला । यद्धपी यो सिजन ह्यारी केन, रहिम स्टर्लिङ, जेमी भर्डी, मर्कुस रासफोर्ड जस्ता अगं्रपंक्ति खेलाडी फर्ममा रहेकाले उसलाई मझबुत नै मानिएको छ । पानामा र ट्युनिसियालाई भने खास प्रभाव पार्न नसक्ने टोलीका रुपमा हेरिएको छ । 

यस्तै समुह एचमा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् । औषत टिम सम्मेलित यो समुहबाट कुनकुन टोलीले अन्तिम १६ मा स्थान बनाउछन् भन्ने यकिन गर्न कठिन छ । सम्भबत ८ समुह मध्येकै अनुमान गर्न कठिन समुह हो यो । ४ वटै टिममा केहि उत्कृष्ट खेलाडी छन् भने अन्य पाटोमा सबै टिम कमजोर नै छन् । सधै औषत र्यांकिङमा रहने कोलम्बियामा जेम्स रोड्रिग्विज, कार्लोस बाक्का, पोल्याण्डमा रोवर्ट लेभाण्डोस्की, सेनेगलमा साडियो माने र जापानमा सिन्जि ओकाजाकी जस्ता बिश्व स्तरिय खेलाडी यि टोलीमा सम्मिलित छन् । हाम्रो अनुमानमा कोलम्बिया यो समुहको बिजेता स्वरुप अन्तिम १६ मा प्रवेश गर्नेछ अर्को एक टिम भने पोल्याण्ड हुनेछ । 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved