बिश्वकप अपडेटः (समुह इ) समुह बिजेता हुदै ब्राजिलले जित्नेछ बिश्वकप २०१८ - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » बिश्वकप अपडेटः (समुह इ) समुह बिजेता हुदै ब्राजिलले जित्नेछ बिश्वकप २०१८

बिश्वकप अपडेटः (समुह इ) समुह बिजेता हुदै ब्राजिलले जित्नेछ बिश्वकप २०१८

जेठ २५–२०७५,  सन्तोष गजमेर भाञ्जा । आज हामी वल्र्डकप फुटवल २०१८ को ग्रुप इ को चर्चा गर्दैछौ । यो समुहमा पाच पटकको बिश्वबिजेता ब्राजिल संगै स्विजरल्याण्ड, कोष्टारिका र सर्विया छन् । 

यो बिश्वकपको प्रमुख दावेदार मानिएको ब्राजिललाई समुह बिजेता हुनबाट कसैलेपनि रोक्न सक्नेछैन । टिम कम्बिनेशनका हिसावले हेर्ने हो भने ब्राजिल छैटौपटक बिश्वकप च्याम्पियन बन्नेछ । बिश्वका सर्वाधिक महंगा खेलाडी नेयमारसंगै फिलिप कौन्टिन्हो, मार्सेलो, रोवर्टो फिरमिनो लगायतका बिश्वस्तरिय खेलाडीको बाहुल्यता रहेको छ । 

ब्राजिलियन टोलीको अग्रपंक्तिमा नेयमार र फिरमिनोसंगै गाब्रियल जिसस लगायतका खेलाडी छन्, यस्तै मिडफिल्डमा कौन्टिन्होसंगै, पाउलिन्हो, क्यासिमेरो तथा डिफेन्समा मार्सेलोसंगै थिएगो सिल्भा, डानिलो, डेभिड लुइज डानि अल्भेस लगायतका खेलाडीले यो बिश्वकपमा आफ्नो चमत्कार देखाउनेछन् । 


यो समुहबाट अर्को चरणमा पुग्ने दोस्रो टिम भने ठ्याक्कै अडकल गर्न कठिन छ । यद्धपी स्विजरल्याण्डलाई अन्तिम १६ को भागेदारका रुपमा देखिने धेरैको आंकलन छ । कोष्टारिका र सर्वियाको भने बिश्वकप यात्रा समुहचरणबाटै टुङ्गिने अनुमान गरिएको छ । 
Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved