बिश्वकप अपडेटः (ग्रुप डी) मेस्सीको बिश्वकप जित्ने सपना अधुरै - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » बिश्वकप अपडेटः (ग्रुप डी) मेस्सीको बिश्वकप जित्ने सपना अधुरै

बिश्वकप अपडेटः (ग्रुप डी) मेस्सीको बिश्वकप जित्ने सपना अधुरै

२४ जेठ–२०७५, सन्ताष गजमेर भाञ्जा । बिश्वकप अपडेटमा आज हामी समुह डी को चर्चा गर्दैछौ । यो समुहमा अर्जेटिना, आइसल्याण्ड, कोएसिया र नाइजेरिया छन् । जसमा पछिल्ला ३ टिम भन्दा अर्जेन्टिना केहि बलियो आकिएको छ । जसअरुप ल्योनल मेस्सीको टिम अर्जेन्टिना समुह बिजेता बन्दै दोस्रो चरण प्रबेश गर्ने अनुमान गरिएको छ । 

स्टार स्ट्राइकर ल्योनल मेस्सी सहित एन्जल डि मरिया, गोन्जालो हिगुइन, पावलो डिवाला, सर्जियो एग्युरो लगायतका खेलाडी रसिया बिश्वकपका प्रमुख हतियारका रुपमा हुनेछन् । स्टार खेलाडी मेस्सीका लागि सम्भवत अन्तिम बिश्वकप रहेकाले पनि अर्जेन्टिना तथा मेस्सी यो बिश्वकपमा च्याम्पियन बन्ने धाउन्नेमा हुनेछन् । तर अर्जेन्टिनाबाट यो अपेक्षा राखिएको छैन । 

हाम्रो अनुमानमा अर्जेन्टिनाले यो बिश्वकपमा क्वाटरफाइनल सम्मको यात्रा तय गर्नेछ । हाम्रो अनुमानमा अन्तिम १६ मा उसको भेट समुह सिको उपबिजेता अर्थात हाम्रो अनुमानमा पेरु संग हुनेछ । जुन खेलमा अर्जेन्टाइन टोलीले जित आत्मासाथ गरेपछि अन्तिम ८ मा भने स्पेनिस टोली अर्जेटिनाको बिश्वकप यात्रामा बाधक बन्ने हामीले अनुमान गरेका छौ । 


अर्जेन्टिनापछि यो समुहबाट अन्तिम १६ को यात्रा तय गर्ने टिमका रुपमा क्रोएसियालाई देख्न सकिने अनुमान गरिएको छ । हुनत पहिलो पल्ट बिश्वकप खेल्दै गरेको आइसल्याण्ड र नाइजेरिया पनि यसको योग्य टिम हुन् । तर तुलानात्मक रुपमा क्रोएसियाको सम्भाबना बढि छ । उसका स्टार खेलाडी रियल मड्रिडबाट ब्यवसायिक फुटवल खेल्दै आएका लुका मड्रिच, मड्रिडकै कोभाकिक र बार्सिलोनाका इभान रेकिटिकसहितको उत्कृष्ट मिडफिल्ड रहेपनि अन्य पाटोमा भने क्रोएसिया केहि कमजोर आकिएको छ । 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved