बिश्वकप अपडेटः ग्रुप सी, फ्रान्स एक्लो शेर, बन्ला त च्याम्पियन ? (भिडियो सहित) - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » बिश्वकप अपडेटः ग्रुप सी, फ्रान्स एक्लो शेर, बन्ला त च्याम्पियन ? (भिडियो सहित)

बिश्वकप अपडेटः ग्रुप सी, फ्रान्स एक्लो शेर, बन्ला त च्याम्पियन ? (भिडियो सहित)

२४ जेठ–२०७५, सन्तोष गजमेर भाञ्जा । बिश्वकप अपडेटमा आज हामी समुह सि को चर्चा गर्दैछौ । यो समुहमा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क छन् । यो समुहमा फ्रान्स एक्लो शेर हो भन्दा त्यती अनुपयुक्त नहोला । 


सोहि अनुरुप उसलाई समुह बिजेता बन्न अन्य कुनै पनि टिमले रोक्न सक्ने ल्याकत नराख्ने बुझिएको छ । रसिया भुमीमा बिश्वकपको दोस्रो उपाधी हात पार्ने योजनामा रहेको फ्रान्सलाई यो बिश्वकपको दावेदारका रुपमा हेरिएको छ । उत्कृष्ट अग्रपक्तिसहित रसिया यात्रामा निक्लिने फ्रान्सलाई सेमिफाइनल सम्मको यात्राको यात्रा तय गर्ने अनुमान गरिएको छ । 

हाम्रो अनुमानमा क्वाटरफाइनलमा फ्रान्सको भेट पोर्चुगलसंग हुनेछ । जहा पोर्चुगलमाथि फ्रान्सेली टिम हामी हुने अनुमान गरिएको छ । यद्धपी युरोकपमा घरेलु भुमीमा पोर्चुगल बिरुद्धको फाइनल खेलमा हार ब्यहोरेको फ्रान्सले त्यो क्षणलाई अझैपनि भुलेको छैन होला । 

एन्टोनी ग्रिजम्यान, केलियन एन बाप्पे, ओलिभर जिरउड, ओस्माने डेम्बेले लगातयको उत्कृष्ट अग्रपक्ती रहेको फ्रान्सेली टोलीमा मिडफिल्डमा पल पोग्वा र एंगोलो कान्टे  तथा डिफेन्समा राफेल भरान र समुएल उमिटि जस्ता खेलाडीले प्रभाब पार्ने देखिएको छ । 


यो समुहबाट अन्तिम १६ मा जाने अर्को एक टिममा भने अनुमान गर्न कठिन नै छ । यद्धपी पछिल्लो खेलहरुको आधारमा भने पछिल्लो १४ खेलमा अपराजित रहेको पेरु र पछिल्लो १२ खेलमा अपराजित डेनमार्क मध्ये १ टिमले अन्तिम १६ मा स्थान बनाउनेछन् । त्यो एक टिम पेरु हुनसक्ने अनुमान हामीले गरेका छौ । 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved