बिश्वकप अपडेटः (ग्रुप बी) पोर्चुगल र स्पेन, कति बलियो कति कमजोर ? (भिडियो सहित) - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » बिश्वकप अपडेटः (ग्रुप बी) पोर्चुगल र स्पेन, कति बलियो कति कमजोर ? (भिडियो सहित)

बिश्वकप अपडेटः (ग्रुप बी) पोर्चुगल र स्पेन, कति बलियो कति कमजोर ? (भिडियो सहित)

२२ जेठ–२०७५, सन्तोष गजमेर भाञ्जा । आज हामी वल्र्डकप फुटवल २०१८ को ग्रुप बि को चर्चा गर्दैछौ । यो समुहमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको टिम पोर्जुगलसंगै, २०१० को बिश्वकप बिजेता स्पेन , एसियाली मुलुक इरान र अफ्रिकन मुलुक मोरोक्को छन् । 

यो समुहबाट स्पेन र पोर्चुगलको अन्मित १६ को यात्रा पक्कापक्की जस्तो नै छ । तुलानात्मक रुपमा धेरे कमजोर इरान र मोरोकक्कोले स्पेन र पोर्चुगलको बिश्वकप यात्रामा खास प्रभाव नपार्ने बुझिएको छ । फुटबल र्यांकिङको ३४ औ स्थानको इरान र ४८ औ स्थानको मोरोक्को यो समुहका कमजोर प्रतिद्धन्दी हुन् । 


इरान र मोरोक्को पछि भने शिर्षस्थानका लागि स्पेन र पोर्चुगल बीच टक्कर हुने देखिएको छ । यद्धपी समुह बिजेताका रुपमा पोर्चुगल भन्दा स्पेनको सम्भावना बढि छ । बिश्वको उत्कृष्ट खेलाडी रोनाल्डोे भएपनि पोर्चुगललाई स्पेनलाई हराउदै शिर्षस्थानमा रहन त्यती सहज छैन । 

तत्कालिन र्यांकिङको तेस्रो स्थानमा रहेको पोर्चुगलले आठौ स्थानको स्पेनलाई हराउन सके उसको बिश्वकप यात्रा निकै सहज हुने देखिएको छ । किनभने यो समुहको बिजेताले समुहको उपबिजेता संग क्वाटरफाइनल प्रवेशका लागि भिड्नेछ । जहा हाम्रो अनुमान अनुसार इजिप्ट उसको प्रतिद्धन्दी हुनेछ । यसर्थ स्पेनलाई हराउदै अघि बढ्ने रणनितिमा पोर्जुगिज टिम हुनेछ । तर यसका लागि स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसंगै, डिफेण्डर पेपे, गोलकिपर रुइ पेट्रिसियो लगायतका खेलाडीको भुमिका महत्वपुर्ण हुनेछ । उता बिश्व बिजेता स्पेन भने सन्तुलित टिमसहित यो बिश्वकपमा अघि बढ्नेछ । 

घरेलु लिगमा राम्रो प्रदर्शन गरेका सबै एकदमाले खेलाडीका कारण स्पेन मझबुत टोलीका रुपमा दरिएको छ  । उसका डिएगो कोष्टा, इएगो आसपास, लुकास भाजक्विज र रोड्रिगो जस्ता खेलाडीले लिगमा आफुलाई सावित गरिसकेका छन् । यस्तै मिडफिल्डमा इस्को, एसेन्सियो, कोके जस्ता युवा तथा आन्द्रेस इनिष्टा, सर्जियो बुष्केटजस्ता अनुभवी खेलाडीका कारणले स्पेन मझबुत बनेको छ । 

उता डिफेन्समा कप्तान सर्जियो रामोस, डानी कार्भाहल, नाचो, जेरार्ड पिके, जोर्डि अल्भा जस्ता खेलाडीले स्पेनिस टिम निकै सन्तुलित र उत्कृष्ट दरिएको छ । यसर्थ स्पेन नै यो समुहको बिजेता बन्ने आंकलन गरिएको छ ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved