बिश्वकप अनुमानः शक्तिशाली उरुग्वे, कमजोर साउदी । इजिप्टलाई पछि पार्न रसियालाई कठिन (भिडियो सहित) - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » बिश्वकप अनुमानः शक्तिशाली उरुग्वे, कमजोर साउदी । इजिप्टलाई पछि पार्न रसियालाई कठिन (भिडियो सहित)

बिश्वकप अनुमानः शक्तिशाली उरुग्वे, कमजोर साउदी । इजिप्टलाई पछि पार्न रसियालाई कठिन (भिडियो सहित)

जेठ २१– २०७५ । यतिबेला बिश्वकप फुटवलको माहोल छ । रसियामा जुन १४ बाट हुने बिश्वकप फुटबल २०१८ को औपचारिक खेल सुरु हुन अझै १० दिन बाकी छ । तर कुन टिमले बिश्वकपको ट्रफी उचाल्छ भन्ने अनुमान सुरु भइसकेको छ । आज हामी २१ औ संस्करणको बिश्वकप २०१८ मा कसले बाजि मार्ला भन्ने बिषयमा चर्चा गदैछौ । 


बिश्वमा अहिले केहि यस्ता टिम छन्, जसले सबैको ध्यान केन्द्रित गरिरहेका छन् । यि नै टिमले बिश्वकपको उपाधि उचाल्ने पनि धेरैको बिश्वास छ । यतिबेला सबैभन्दा धेरै चर्चा भइरहेका टिम हुन्, जर्मनी, ब्राजिल, फ्रान्स र स्पेन । यसबाहेक बिश्वका उत्कृष्ट खेलाडी भएको हैसियतले, पोर्चुगल र अर्जेन्टिनाको पनि चर्चा छ । यि छ टिमपछि बेल्जियम, इंग्ल्याण्ड, कोलम्बिया, उरुग्वे लगायतका टिम पनि यो बिश्वकपको आकर्षकका रुपमा रहेका छन् । 

आज हामी यि टिमको बिश्वकप यात्रा कस्तो होला, अनुमानित आकडा प्रस्तुत गदैछौ । कुल ३२ टिमलाई ८ समुह बिभाजन गरिएको छ । तसर्थ आजबाट हामी प्रत्येक दिन एक–एकवटा ग्रुपको चर्चा गर्नेछौ । त्यसैगरी त्यसपछि, प्रि–क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलको पनि अनुमानित आंकडा हामी प्रस्तुत गर्नेछौ । 

ग्रुप ए 
यो समुहमा आयोजक रसियासंगै, साउदी अरब, इजिप्ट र उरुग्वे छन् । यो समुहबाट दुइपटकको बिश्वकप बिजेता उरुग्वे समुह बिजेता हुदै अन्तिम १६ मा पुग्ने लगभव पक्का जस्तै छ । लुइस स्वारेज, एडिन्सन कभानीको जोडीले अग्रपंक्ति सम्हाल्नेछ । बार्सिलोनाको प्रमुखमध्येका एक स्वारेज र पेरिस सेन्ट जर्मन पिएसजीका स्टार स्ट्राइकर कभानीले आफ्नो नियमित खेल देखाउन सके यो समुहमा उरुग्वेलाई कसैले पनि पछि पार्न सक्नेछैन । 

यसबाहेक रसिया र इजिप्ट मध्ये १ टिमले अघिल्लो चरणको यात्रा तय गर्नेछन्, हाम्रो अनुमानमा घरेलु भुमि भएपनि इजिप्टलाई पछि पार्दै रसियालाई अन्तिम १६ मा स्थान बनाउन कठिन देखिएको छ । यसको प्रमुख कारण हुन्, आफ्नो करियरकै उत्कृष्ट फर्ममा रहेका इजिप्टीयन स्टार मोहम्मद सलाह । सलाहलाई रोक्न रसिया मात्र नभएर समुहका कुनै पनि टिमलाई जटिल हुनेछ । यद्धपी च्याम्पिन्स लिगको फाइनल खेलमा घाइते भएर आराम गरिरहेका सलाहको प्रदर्शन कस्तो रहला,  पछिल्लो समय चिन्ताको बिषय बनेको छ । यद्धपी सरसरी हेर्दा इजिप्ट नै अन्तिम १६ को भागेदार बन्ने छ । 

साउदीलाई भने यो समहुको कमजोर टिम नै आकिएको छ । सम्भवत उसले कुनैपनि खेलमा जितको स्वाद चाख्नेमा नै संका छ ।
 ः सन्तोष गजमेर भाञ्जा
Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved