अशोकको घर निर्माण थालियो, तर टंकको आखामा आशु किन ? ( भिडियो सहित) - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » अशोकको घर निर्माण थालियो, तर टंकको आखामा आशु किन ? ( भिडियो सहित)

अशोकको घर निर्माण थालियो, तर टंकको आखामा आशु किन ? ( भिडियो सहित)

जेठ–२०७५, सन्तोष गजमेर भाञ्जा । नेपाली गीतसंगीतको क्षेत्रमा एकाएक चर्चामा आएका बालगायक अशोक दर्जीको बिहिवार घर सिलन्यास गरिएको छ । बिभिन्न सामाजिक ब्यक्तित्वको अग्रणी भुमिकामा जमिन खरिद गरि घर निर्माण प्रक्रिया थालनी गरिएको हो । 


सो घर निर्माणको बिधिवत रुपमा थालनी गरिएको दिन सबैमा खुसी छाएको थियो, बिशेषगरी अशोकको परिवार । जो अर्काको जमिनमा झुप्रो हालेर हिउदमा घाम र बर्खामा पानीको त्रासपुर्ण बसोबास गरिरहेको थियो । तर त्यही माहोलमा गायक तथा संगीतकार टंक बुढाथोकीको आखामा भने आशु छल्किरहेको थियो । 

अशोकको सांगीतिक यात्रा तथा घरनिर्माणका लागि आर्थिक संकलनमा प्रमुख भुमिका खेलिरहेका टंकको आखामा आशु आउनुको कारण थियो, खुसी । सायद, अशोकको बिषयलाई लिएर बिभिन्न आरोप खेप्दै आएका टंक त्यो काममा आफु सफल भएको ठानेर होला उनको आखाबाट आशु झर्यो । यो उनी स्वंयमले बताएका हुन् । 

घर सिलन्यास सकेपछि आफ्ना भनाई राख्दै टंकले आफ्नो बाल्यकाललाई सम्झिए । “अशोक अहिले सानै भएका कारण उसका लागि यो बिषय त्यती महत्वपुर्ण नहोला तर भाली ठुलो भएपछि उसले यि सब कुरा महशुष गर्नेछ”–टंकले भने । 
भिडियो हेर्नुहोस्ः

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved