टेलिचलचित्रमा नया आयाम, बिदेशिनु पर्ने सन्दर्भ समेटेर “भो त अब”– यसकारण छ बिशेष - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » टेलिचलचित्रमा नया आयाम, बिदेशिनु पर्ने सन्दर्भ समेटेर “भो त अब”– यसकारण छ बिशेष

टेलिचलचित्रमा नया आयाम, बिदेशिनु पर्ने सन्दर्भ समेटेर “भो त अब”– यसकारण छ बिशेष


सन्तोष गजमेर भाञ्जा–आवाज अनलाईन
पढ्यो लेख्यो डिग्री गर्यो बिदेश जानु पर्ने, गाउमा बुढापाका मात्रै कसले बिकास गर्ने
सबै सखाप, सत्यनास हुन्छ एकदिन जब, भो त अब........भो त अब............

माथिका पंक्तिहरु बर्तमान नेपाली परिवेशसंग ठ्याक्कै मेल खाएको पाइन्छ । देशमा आफ्नो दक्षता अनुसारको रोजगारी नहुदा कैयौ युवाहरु बैदशिक भुमिमा आफ्नो पसिना बगाईरहेका छन् । जसकारण देशको बिकास भने पछि धकेलिरहेको अवश्था छ । यहि पेरिफेरीमा केन्द्रित रहदै नेपाली टेलिचलचित्र क्षेत्रमा नया टेलिसृङ्खला “भो त अब” निर्माण भएको छ । 

एनटिभि प्लसमा हरेक बिहिवार बेलुका ८ः५ बजे बाट प्रसारण थालनी गरेको “भो त अब”लाई पेमा तामाङ ‘गोफ्ले’ले निर्देशन गरेका हुन् । पहिलो अंकबाट आम दर्शकले रुचाएको पाईएको छ । बिशेष गरि यसले उठान गरेको बिषय आम जनमानसको जीवनसंग प्रत्यक्ष मेल खाएका कारण “भो त अब” लाई दर्शकले उच्च सम्मान गर्ने बुझिएको छ । हास्य कलाकार समेत रहेका निर्देशक ‘गोफ्ले’ले सिताराम तिमल्सिनाको कथालाई न्यायसंगत ढङ्गले अघि बढाएको देखिन्छ । 

उसो त “भो त अब” निर्माणका लागि यसका निर्माता तथा परिकल्पनाकार मेखबहादुर गुरुङलाई पनि उतिनै श्रेय दिन आवश्यक  छ । पारिवारिक र देशको अवश्थाका कारण बैदेशिक रोजगारी पश्चात देशलाई सहि मार्गमा ल्याउन सकिन्छ कि भनेर आफुले यो कदम चालेको बताउने गुरुङले आफ्नो ठाउ लमजुङको परिवेशलाई पनि टेलिचलचित्रमा समेटेका छन् । 

“भो त अब” मा निर्देशक पेमा तामाङ ‘गोफ्ले’, मेखबहादुर गुरुङ संगै रामचन्द्र अधिकारी, सिताराम तिमल्सिना, हरि श्रेष्ठ, प्रेम सुसलिङ लगायतले अभिनय गरेका छन् । टेलिचलचित्रमा मानसी किरणको संगीत तथा ब्याकराउण्ड स्कोर, सागर गौतमको छायांकन रहेको छ । 


Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved