नवगायक बुद्ध श्रेष्ठको “निष्ठुरी मायालु”, पेमा तामाङ “गोफ्ले”ले गरे निर्देशन - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » नवगायक बुद्ध श्रेष्ठको “निष्ठुरी मायालु”, पेमा तामाङ “गोफ्ले”ले गरे निर्देशन

नवगायक बुद्ध श्रेष्ठको “निष्ठुरी मायालु”, पेमा तामाङ “गोफ्ले”ले गरे निर्देशन

बैशाख – २०७५ । नवगायक बुद्ध श्रेष्ठले लोकपप फ्लेभरलाई अंगाल्दै आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । 

“निष्ठुरी मायालु” बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । बैदेशिक रोजगारीमा रहेर पनि नेपाली गीतसंगीतलाई नजिकबाट नियाली रहेका बुद्धको शब्द संगीतमा “निष्ठुरी मायालु” तयार भएको हो । 

गीतको भिडियोलाई पछिल्लो समय सफलताको पथमा अघि बढिरहेका निर्देशक पेमा तामाङ “गोफ्ले” ले निर्देशन गरेका हुन् । कोरियोग्राफीबाट करियर सुरु गरेका, हास्य कलाकार समेत रहेका “गोफ्ले”ले कैयौ भिडियोका साथै टेलिचलचित्र निर्देशनमा पनि आफुलाई अब्बल सावित गरिसकेका छन् । पछिल्लो समय उनको निर्देशनमा रहेको टेलिचलचित्र “भो त अब” एनटिभि प्लसबाट चाडै नै प्रसारणको क्रममा छ । 

रविन्द्र बरालकोछायांकन, प्रदिप दाहालको सम्पादन रहेको नवगायक बुद्ध श्रेष्ठको भिडियोमा सनम कठ्यात, सृष्टी खड्का र कुन्द  क्षेत्रीले अभिनय गरेका छन् । 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved