नेपाली तारा सन्तोष लामालाई छुल्ठिमको साथ - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » नेपाली तारा सन्तोष लामालाई छुल्ठिमको साथ

नेपाली तारा सन्तोष लामालाई छुल्ठिमको साथ

२०७५ – बैशाख, काठमाडौं ।  दोस्रो नेपाली तारा ,गायक सन्तोष लामाको नयाँ गीत कोन्ज्योसोमको कसम सार्बजनिक भएको छ । सोमबार राती लामाले आफ्नै युट्युब च्यानल मार्फत तामाङ  सेलो पप  कोन्ज्योसोमको कसम लाइ रिलिज गरेका हुन् ।सन्तोषको आफ्नै शब्द र संगीत रहेको गीतमा चांद सिङको संगीत संयोजन रहेको छ । 

कोन्ज्योसोमको कसमको म्युजिक भिडियोमा  नायिका छुल्ठिम गुरुङको साथमा तामाङ फिल्मका चर्चित हिरो कुमार मोक्तान र बिशाल लामाको अभिनय हेर्न सकिन्छ ।

भिडियोमा एक युबकले सुन्दरी केटी मैच्याङ्गेको विभिन्न शारीरिक सुन्दरता र राम्रो आनीबानीको बयान गरिएको भावलाई देखाइएको छ। जसको निर्देशन सुमन लामाले गरेका हुन ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र निशान घिमिरेको सम्पादन रहेको भिडियोलाइ एक  गुम्बामा खिचिएको हो ।
Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved