बिश्वमै दोस्रो बनिन्, सोनिका महर्जन (भिडियो सहित) - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » » बिश्वमै दोस्रो बनिन्, सोनिका महर्जन (भिडियो सहित)

बिश्वमै दोस्रो बनिन्, सोनिका महर्जन (भिडियो सहित)

२०७५ – बैशाख, काठमाडौं । सिसिए स्कुल अफ अकाउन्टेन्सी सिसिएकी छात्रा सोनिका महर्जन वल्र्ड र्या्ङ्किमा दोश्रो स्थान ओगट्न सफल भएकी छिन् । 



प्रोफेनल अकाउण्टेन्सीको लिडिङ बडि एसोसियसन अफ चार्टड सर्टिफाई अकाउन्टस् (एसिसिए) को नतिजा अनुसार सोनिका फाइनन्सियल मेनेजमेण्ट अर्थात एफ नाइन बिष्यमा बिश्वका १ सय ८१ देशका बिद्यार्थीलाई पछि पार्दै उत्कृष्ट २ मा पर्न सफल भएकी हुन् । 

सोहि अनुरुप सोनिकाले नेपालको शैक्षिक गुणस्तरलाई विश्वसामु परिचित बनाउन सफल भएको भन्दै सीसीए स्कुल अफ अकाउन्टेन्सीले सम्मान समेत गरेको छ । शुक्रवार सिसिएले नेपाल र्या्ङ्किङ तथा वल्र्ड  र्या्ङ्किङ अन्र्तगतका विद्यार्थीहरुलाई सम्मान गरेको हो । उनीहरुलाई एसिसिए नेपाल प्रमुख रविन कटुवाल र  सिसिएका अध्यक्ष बिक्रान्त आचार्य लगाएतले सम्मान गरेका थिए । 


कार्यक्रममा एसिसिए नेपाल प्रमुख रविन कटुवालले यस्ता किसिमका नतिजाले एसिसिएको सफलतसंगै नेपाललाई बिश्वमा चिनाउन भुमिका खेल्ने बताउनुभयो । बिशभर झण्डै ५ लाखले पढ्ने एसीसीए शिक्षा नेपालमा समेत उपयोगी भएको हुदा पढ्नेको सख्या दिन दिनै बढदै गएको उहाको भनाई थियो । 

कलेजका अध्यक्ष विक्रान्त आर्चायले आफ्नो विद्यालयले वल्र्ड र्या्ङ्किङमा अग्रणी पोजिसनतर्फ उन्मुख हुनु सिसिएको ठुलो सफलता भएको बताउनुभयो । यससंगै कलेजको बिद्यार्थी प्रतिको जिम्मेवारी र उत्तरदायित्व समेत बढेको उहाको भनाई थियो ।

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved