भिडियोमा यस्तो देखियो सुरेश लामा र नीलम रोजुको क्यामेष्ट्री - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » भिडियोमा यस्तो देखियो सुरेश लामा र नीलम रोजुको क्यामेष्ट्री

भिडियोमा यस्तो देखियो सुरेश लामा र नीलम रोजुको क्यामेष्ट्री

कार्तिक—२०७५, आवाज अनलाइन । नीलम रोजु राई गायिका तथा संगीतकार नीलम रोजु राईको कति सुहायो” बोलको गीत सार्वजनिक भएको छ । 

आफ्नै शब्द संगीत रहेको गीतमा नीलम संगै सुरेश लामाको स्वर समाबेश गरिएको छ । बिशेषगरि मौलिक शब्द रचना र संगीतमा रमाउदै आएकी नीलमको लोकआधुनिक शैलीको यो गीतमा दक्षकुमार राई, कला राई र पवन पाठकले अभिनय गरेका छन् । 

पुराना कोरियोग्राफर कमल राईले निर्देशन गरेको भिडियोलाई युवराज राईले खिचेका हुन् । भिडियोमा तीन मुख्य कलाकारसंगै गायक सुरेश लामा र गायिका नीलम रोजुलाई पनि आर्कषक तवरबाट प्रस्तुत गरिएको छ । 

झण्डै आधा दशकदेखी नेपाली गीतसंगीत क्षेत्रमा आफुलाई अब्बल सावित गरिसकेकी नीलमका चौबन्धी चोली, यो मनमा सायद लगायतका गीतहरु दर्शक श्रोताले धेरै रुचाएका थिए । उसो त नीलमले आफुलाई गायिकाका रुपमा भन्दा पनि महिला संगीतकारका रुपमा आफुलाई स्थापित गरिसकेकी छिन् । 

Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved