अष्ट्रेलियाबाट हुलाकी रिलिज गरे गायक बिष्णुहरी पौडेलले - Aawazonlinetv::No 1 Nepali News portal
Headlines News :
Home » , » अष्ट्रेलियाबाट हुलाकी रिलिज गरे गायक बिष्णुहरी पौडेलले

अष्ट्रेलियाबाट हुलाकी रिलिज गरे गायक बिष्णुहरी पौडेलले

कार्तिक—२०७५, आवाज अनलाइन । अस्ट्रेलिया निवासी नव  गायक बिष्णु हरी पौडेलले गीत हुलाकी हालसालै मात्र  सार्बजनिक गरेका छन । अस्ट्रेलियामा नै रहेर  निकै लामो समयदेखि सगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ । 

गीतको म्युजिक भिडियोमा गीतको भावअनुसार  हुलाकीले आफ्नो देश , आफन्तजन , र बिशेषगरी मायालुको यादरुपी चिनो ल्याए पनि आफु भने विदेश भुमिमा मेहनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरु भावना भित्र मात्रै सिमित रहेको र चराले आफ्नो गुड सम्झेर सधै फर्किने मात्रै बारेमा सोचेको तथ्यलाइ  बिम्वात्मक रुपमा प्रस्तुत गरिएको छ  । 

नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको  भिडियोमा करिश्मा ढकाल र सुमन देवकोटाको मार्मिक अभिनय रहेको छ  बुद्ध थापा र किरण भण्डारीको सिनेमाटोग्राफी सुप्रिम पराजुलीको सम्पादन  र अर्जुन तिवारी डी ओ पी रहेको भिडियोलाइ फाटी प्रोडक्सनले निर्माण गरेको हो ।
Share this article :
 
Proudly powered by Aawaz online tv
Copyright © 2011. Aawazonlinetv::No 1 Nepali News portal - All Rights Reserved